काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा समाजसेवी ताराबहादुर कुँवर क्षेत्री विभूषित भएका छन् । कुँवर नेपाली नयाँ वर्षका दिन राष्ट्रपति पौडेलबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भएका हुन् । लामो समयदेखि समाजसेवामा सक्रिय कुँवर एक सफल व्यवसायी पनि हुन् ।
चक्रपथ सरसफाई अभियानका संयोजक, हेभी इक्वीपमेन्ट व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका कुँवरले कोरोना महामारीको समयमा हजारौँ मानिसहरुलाई दाल चामल लगायतका अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरेका थिए ।
काठमाडौँको सितापाइलामा प्रधानकार्यालय रहेको कुँवरको हजुरलाई नमस्ते ट्रेड लिंकले बिहीबार मात्रै हेटौँडामा तेस्रो शाखा शुभारम्भ गरेको छ । निर्माण र हेभी उपकरणका सामानहरु विक्री वितरण गर्दै आइरहेको नमस्ते ट्रेड लिंक जिपी र आइटीआर लुव्रिकेन्टको नेपालको लागि आधिकारीक विक्रेता पनि हो।
राष्ट्रपतिद्वारा सात सय २८ मानपदवी प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
