२०८० सालमा सार्वजनिक विदा कति ? (सूचीसहित)

काठमाडौं । सरकारले २०८० सालमा दसैँमा ६ दिन विदा दिएको छ । राजपत्रमा निकालेको सूचनाअनुसार यो वर्षको दसैंमा कात्तिक ४–९ गतेसम्म (६ दिन) विदा हुनेछ । त्यस्तै तिहारमा पाँच दिन बिदा हुनेछ। तिहारमा कात्तिक २६–३० गतेसम्म (पाँच दिन) बिदा हुने गृह मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ । सरकारले सार्वजनिक बिदाको सूची पनि राजपत्रमा यसअघि नै सार्वजनिक गरिसकेको छ।

यसैगरी, २०७९ सालमा मन्त्रिपरिषद्बाट आकस्मिक निर्णय गराएर फागुन १ को जनयुद्ध दिवसमा बिदा दिएको प्रचण्ड नेतृत्वको सरकारले २०८० सालमा पनि बिदा दिनेगरी क्यालेन्टरमै बिदाको सूची समेटेको छ।

Advertisement

गृह मन्त्रालयले प्रकाशित गरेको २०८० सालको बिदाको सूचीअनुसार दिवस विदाअन्तरगत फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने उल्लेख छ । यस्तै पुस २७ गते पृथ्वी जयन्तीका दिन पनि सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख छ ।

यसबाहेक विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा पनि सार्वजनिक बिदा दिने सरकारी निर्णय छ। [यस्तो छ २०८० सालको बिदा सूचि]

More News last news
Loading...