म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले धवलागिरी गाउँपलिकाका ४ वडाका मतदातासँग भेटघाट तथा परामर्श गरेका छन् । बुधबार सांसद् गर्बुजाले गाउँपालिकाका वडा नम्बर २ लमसुङ, ३ मुना, ४ मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या र आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गरेका हुन् ।
चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेका सांसद गर्बुजालाई स्थानीयबासीहरुले सडक, पुल, खानेपानी, भवन, पदमार्ग, खानेपानी र पर्यटनसँग सम्बन्धित योजना माग गरेका छन् ।
मुनाबासीले भवन निर्माण, फलियागाउँ संरक्षण, ताकमबासीले अलपत्र विद्यालय भवन निर्माणलाई सुचारु गर्न,यसअघिको ताकम घना वस्ती विकास कार्यक्रमलाई निरन्तरता दिन, लमसुङबासीले लघुजलविद्युत आयोजनालाई व्ववस्थित गरिदिन र वस्तीलाई नदी कटानबाट जोगाउन ,सडक स्तरोन्नती, मुदीबासीले पर्यटकीय पदमार्ग निर्माण, विद्युतीकरण, तातोपानी कुण्डमा शौचालय निर्माण संगै पुर्वाधार निर्माण र ढल निकास लगायत माग गरेका थिए ।
सांसद गर्बुजाले सम्बद्ध कार्यालय र मन्त्रालयसँग समन्वय गरेर सम्भव भए तत्कालै नभए आगामी वर्षको योजना तथा बजेटमा समावेश गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
