काठमाडौँ । सर्वप्रथम नेपालीहरुको महानपर्व मध्येको एक नेपाली नयाँ वर्ष वि.सं २०८० सालको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । यस वर्ष स्थानअनुसार कतै अतिवृष्टि, कतै अनावृष्टि त कतै सलह, मूसा एवं सुगाको आतङ्कका कारण मध्यम रूपमा उत्पादन हुने अन्नादिको मूल्यवृद्धि हुनेछ । करप्रणाली र राज्यमा हुने परचक्रीको प्रभावका कारण जनता भयभीत हुनेछन्। शक्तिशाली राज्यले अरू राज्यमा प्रभाव बढाउनेछन् ।
कालयुक्त संवत्सरको प्रभाव वृद्धिसँगै संसारमा रोगवृद्धिका साथै अनाजवृद्धिसमेत हुनेछ । गुरुको उदयास्त विचार गर्दा आश्विन वर्ष परेकाले ग्रीष्मकालीन धानको उत्पादन मध्यमरूपमा भएपनि शारदीय धानहरूको उत्पादन पूर्णरूपमा हुने हुनाले लोक सुखी हुनेछ । राजा बुधका कारण अधिक वृष्टिका साथै घरघरमा हुने माङ्गलिक कार्यहरूको आयोजनाले जनता खुशी नै देखिनेछन् । ज्योतिष पण्डित वैद्यराज दीपक सुवेदीले तयार पार्नुभएको हो । भिडियोमा हेर्नुहोस् १२ राशिको वार्षिक राशिफल :
यो पनि हेर्न हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
