काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । गत साता शुक्रबारको तुलनामा तोलामा ८०० रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
गतसाता शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम थियो। जबकी, यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ। शनिबारपनि सुनको कारोबार गर्नुपर्ने भएमा शुक्रबारकै मूल्यमा कारोबार हुने प्रचलन छ ।
यो साताको बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ सम्म पुगेको थियो । त्यसयताका २ दिन लगातार मूल्य घट्दै १ लाख १० हजार रुपैयाँमा कायम भएको हो । सुनको मूल्य बिहीबार ८०० र शुक्रबार २०० ले घटेर कारोबारमा आएको थियो।
यसैगरी, यो साता चाँदीको मूल्य समेत तोलामा ४० रुपैयाँले बढेको छ। महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ४० रुपैयाँले बढेको जानकारी दिएको हो। यससँगै, चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
