मिथुन राशि हुनेहरूका लागि २०८० साल शुभ रहेको छ । यो वर्ष बृहस्पति र राहुको प्रभावले शुभ फल मिल्नेछ । वैदेशिक रोजगारीमा शुभ छ भने स्वदेशको कमाईले व्यवहार चलाउन कठिन होला । यो वर्ष हरियो, रातो, गुलाबी र सेतो रङ्ग शुभ मानिएको छ भने शुभअङ्क १, ३, ६ र ९ रहनेछन् ।
२०८० साल मिथुन राशिका लागि आर्थिक पक्ष भने राम्रै देखिन्छ । पर्यटन, मनोरञ्जन र प्राविधिक कारोबार फस्टाउनेछ । मेसिनरी, निर्माण र खाद्यान्नको व्यवसायबाट राम्रो हुनसक्छ । आर्थिक दृष्टिले बैशाख, साउन, मंसिर र चैत महिना शुभ रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
