रवि लामिछानेविरुद्धका उजुरी खारेज, उम्मेदवारी कायमै

काठमाण्डाै । आउँदो वैशाख १० गते हुने उपचुनावका लागि चितवन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध परेका सबै उजुरी खारेज भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेविरुद्धका उजुरी खारेज गरेर उहाँको उम्मेदवारी कायमै राखेको हो ।

युवराज पौडेल सफलको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको र बाँकी ३ वटा निवेदन उपर आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनुभयो।

Advertisement

नेपाली नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा लामिछानेविरुद्ध उजुरी परेका थिए । तनहुँको क्षेत्र नम्बर १ र बाराको क्षेत्र नम्बर २ मा भने उम्मेदवारविरुद्ध उजुरी परेका थिएनन्।

More News last news
Loading...