पोखरा । कास्की आदर्श समाज कतारले सिर्जना बहिरा आवासीय माध्यामिक विद्यालयमा एक लाख रुपैयाँ राशिको अक्षयकोष स्थापना गरेको छ । चाहना सब्य र सम्बृद समाजको स्थापना भने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको कास्की आदर्श समाज कतारले फरक क्षमता भएका बिद्यार्थीको निमित्त अक्षयकोषको स्थापना गरेको हो ।
आज चैत्र २१ गते कास्की आर्दश समाज कतारका अध्यक्ष अग्निधर देवकोटाको सभापतित्व तथा सिर्जना बहिरा आवासीय मा.वि. लेखनाथका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कास्की आदर्श समाज कतारका सस्थापक तथा पूर्व कोषाध्यक्ष खिमबहादुर कार्की, शिबराज आधिकारी, संस्थाका वर्तमान वरिष्ठ उपध्यक्ष सुरज रानाभाट पूर्व अध्यक्ष विश्वबन्धु थापा पूर्व उपाध्यक्ष मन बहादुर कुँवर, बाबुराम थापा, सम्झना गुरुङ, सुनिता सुबेदी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै विद्यालयको तर्फबाट प्रधानाध्यापक अनिता सिग्देल, सुनिल भण्डारी, गौरी पाइजा, अम्बिका गौतम सुजिता बराल, पत्रकार भिम बराल लगायत बिद्यालयका कर्मचारी, प्राध्यापक र विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै विद्यालयको तर्फबाट स्वागत मन्तब्यसहित विद्यालयका बारेमा प्रधानाध्यापक अनिता सिग्देलले बिद्यालयमा अहिलेसम्म अक्षयकोषको स्थापना नएको र पहिलो पटक कास्की आदर्श समाज कतारले स्थापना गरेर उदाहरणीय कार्य गरेकोमा धन्यवाद दिएकी छन् ।
अहिले बिद्यालयमा ४६ जिल्लाका २४१ बिद्यार्थी अध्यन गरिरहेको र २४१ बिद्यार्थी मध्ये २०० बिद्यार्थीहरु छात्राबासमा बसी अध्यन गरिरहेको पनि प्रधानाध्यापक सिग्देलले बताईन् ।
त्यसैगरी फफ्नो मन्तब्य राख्ने क्रममा शिक्षक प्रतिनिधि सुनिल भण्डारीले पनि अक्षयकोषको स्थापना गर्नु भएकोमा संस्थालाई धन्यबादसहित ब्यबस्स्थित तरिकाले संचालन गर्ने र सस्थाको पनि जिबन्तकाल सम्म नाम रहिरहन पर्नेमा हामीहरुको साथ् रहने कुराहरु ब्यक्त गरे ।
विद्यालय व्यवस्थापन समिति सदस्य अम्बिका गौतम, सस्थाको तर्फबाट वरिष्ठ उपध्यक्ष सुरज रानाभाटले मन्तव्य राखेका थिए । संस्थापक तथा पूर्व कोषाध्यक्ष शिबराज अधिकारीले संस्थाको गतिबिधि र सस्थाको तर्फबाट अक्षयकोषको समिति निर्माण गरिएको जानकारी गराएका थिए ।

जसमा ७ सदस्यसमिति रहने गरि संयोजकमा तिलक शालि सापकोटा सह–संयोजक खेम बहादुर कार्की सचिब विश्वबन्धु थापा कोषाध्यक्ष,शिबराज अधिकारी सदस्यमा पदेन रहने गरि सस्थाको अध्यक्ष अग्निधर देवकोटा सदस्य मन बहादुर कुवर र बाबुराम थापा रहेको जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख आतिथि प्रकाशलाल श्रेष्ठले आफ्नो मन्तब्य राख्दै कास्की आदर्श समाज कतारको कारणले नै गर्दा विश्व का १४ भन्दा बढी देशमा कास्की आदर्श समाज संस्था खोल्न सफल भएको भन्दै उक्त संस्थाले समाजिक कार्यमा दिन दुखि गरिबहरुलाई सहयोग र मानवीय सेवामा काम गर्दै आएको भन्दै आज यो सबै देन कास्की आदर्श समाज कतारको कारणले गर्दा नै भएको उल्लेख गरेका थिए ।
आफु अहिले विद्यालय ब्यवास्थापन समिति अध्यक्ष रहेका बेला आफुले गर्न सक्ने काम गर्ने सहयोग योगदान गर्ने भन्दै यो पुन्य कार्यमा सहयोग गर्नु भएकोमा कास्की आदर्श समाज कतारका अध्यक्ष अग्नि देबेकोटासहितको कार्यसमितिलाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा सभापति समाज अध्यक्ष अग्निधर देबकोटाले संस्थाको परिचय र संस्थाले गर्ने कार्य र सहयोग रकम थोरै भएपनि सस्थाले गोरेटो बाटोको निर्माण गरेको र आवश्यक परेको खण्डमा आगामी दिनमा संस्थाले उक्त रकमलाई थप गर्दै जाने पनि बताएका थिए।
अहिले नेपाली रुपैयाँ एकलाखको कोष शुरुआत गरेको भन्दै उक्त पुन्य कार्यका लागि उपस्थित सबैलाई धन्यवाद दिँदै विद्यालय ब्यबस्थापन समितिका अध्यक्षको रोबरमा प्रधानाध्यापकलाई नेपाली एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
