वृष राशिका लागि २०८० साल सामान्य अर्थात मध्यम रहने देखिन्छ । सवारीसाधन, जग्गाजमिन, रोजगारी, वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी गर्न सक्ने योग छ। स्वास्थ्य स्थिति वर्षभरि नै सामान्य रहन सक्छ। वर्षको पूर्वार्धको समयमा खर्च बढ्ने, काममा ढिलासुस्ती हुने रहेपनि वर्षको उत्तरार्धबाट सुधार हुन सक्ने समय छ। पढाईमा उचित समय दिन नसक्दा विद्यार्थीले उचित नतिजा प्राप्त गर्न गाह्रो हुन्छ। यो वर्ष वृष राशिका लागि सेतो, गुलाबी, पहेंलो र निलो रङ्ग शुभ रहनेछ भने २, ४, ६, ७ अंकहरु शुभ रहनेछन् । आर्थिक दृष्टिले साउन, कार्तिक, फागुन र चैत महिना शुभ रहेका छन् ।
पूरा राशिफल विवरण भिडियोमा :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
