आज ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरेको हो।

सोमबार प्रति तोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थिए।

More News last news
Loading...