अमेरिकी डलरसँगै युरोको पनि भाउ बढ्यो, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । मंगलबार अमेरिकी डलरको भाउ २७ पैसाले बढेको छ । यसअघि सोमबार भने डलरको कारोबार स्थिर रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा कायम गरिएको छ । यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरोमा उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६८ पैसाले बढेको हो । सोमबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ २० पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ८५ पैसा कायम गरिएको थियो।

Advertisement

मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २८ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा ७४ पैसाले वृद्धि भएको हो । सोमबार यसको खरिदमूल्य १६१ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ५४ पैसा कायम गरिएको थियो।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसामा पाइनेछ । यसअघि सोमबार साउदी अरेबियन, युएई दिराम रियाल र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको थियो ।

उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४३० रुपैयाँ २७ पैसा पाइन्छ भने मंगलबार बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५० रुपैयाँ २३ पैसा तोकिएको छ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.44 132.04
EUR (European Euro)
1 142.88 143.53
GBP (UK Pound Sterling)
1 162.54 163.28
CHF (Swiss Franc)
1 143.42 144.08
AUD (Australian Dollar)
1 88.44 88.84
CAD (Canadian Dollar)
1 97.58 98.03
SGD (Singapore Dollar)
1 98.76 99.21
JPY (Japanese Yen)
10 9.86 9.91
CNY (Chinese Yuan)
1 19.08 19.17
SAR (Saudi Arabian Riyal)
1 35.04 35.20
QAR (Qatari Riyal)
1 35.96 36.13
THB (Thai Baht)
1 3.82 3.84
AED (UAE Dirham)
1 35.79 35.95
MYR (Malaysian Ringgit)
1 29.74 29.88
KRW (South Korean Won)
100 9.99 10.04
SEK (Swedish Kroner)
1 12.67 12.73
DKK (Danish Kroner)
1 19.18 19.27
HKD (Hong Kong Dollar)
1 16.74 16.82
KWD (Kuwaity Dinar)
1 428.31 430.27
BHD (Bahrain Dinar)
1 348.64 350.23
More News last news
Loading...