उमेद्वारी दर्ता गर्ने दिन रबि लामिछानेविरुद्ध अर्को मुद्धा (भिडियोसहित)

रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज पौडेल ‘सफल’ पुनः सर्वाेच्च अदालत पुगेका छन् । लामिछानेमाथि राहदानी विवादमा मुद्धा नचलाउने महान्यायाधिवक्ताको उक्त निर्णयविरूद्ध आइतबार युवराज रिट दायर गर्न सर्वाेच्च पुगेका हुन् ।

उनले लामिछाने अमेरिकी नागरिक नै भएको अवस्थामा नेपालको राहदानी लिएको विषयमा कानुनबमोजिम छानविन गरि कडा कारबाहीको माग गरेका छन् । सर्वाेच्चमा रविविरुद्ध रिट दायर भए पनि रिट दर्ता भने भइसकेको छैन । उक्त रिटबारे अध्ययन चलिरहेको बताइएको छ।

Advertisement

यो पनि हेर्नुहोस् >>>

More News last news
Loading...