घट्यो पेट्रोलियम पदार्थको मूल्य !

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ । १५/१५ दिनमा आउने मूल्य सूचीअनुसार भारतले पेट्रोलियम पदार्थको मूल्य घटेर पठाएकाे हाे ।

नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ । पेट्रोलको मूल्य प्रतिलिटर १‍.७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ ।

Advertisement

हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ ।

भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको नेपाल आयल निगमले जनाएको छ । यसका साथै, खाना पकाउने एलपी ग्याँसको मूल्य समेट घटेर आएको छ ।

More News last news
Loading...