हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिसिरियल ‘जुठे’ छोटो समयमा नै दर्शकमाझ लोकप्रिय बन्यो । यो सिरियललाई टेलिभिजनसँगै युटुबमा पनि दर्शकले निकै रुचाएका छन् । सामाजिक विषयवस्तुमा निर्माण गरिएको सिरियललाई हाँस्य कलाकारद्धय मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) र राजु पौडेल (राजुमाष्टर)ले लेखन तथा निर्देशन गर्दै आएका छन्। यो टेलिसिरियलले १०० भाग समेत पूरा गरिसकेको छ। यो टेलिसिरियलमा कुनै समयकी चर्चित मोडल तथा नायिका सिरु विष्टले पनि अभिनय गर्दै आएकी छिन्।
यो सिरियलमा सिरु विदुवा, अपहेलित र कथाका पात्र जिम्बलबाट शोषित पात्रका रुपमा प्रस्तुत भएकी छिन्। सिरियलको एकसय १ भागमा भने उनी जिम्बलकी कान्छि श्रीमती बनेर देखिएकी छिन्। आज हामी यो भिडियोमा यिनै नायिका सिरु विष्टका बारेमा चर्चा गर्ने प्रयास गर्नेछौँ । भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
