नेपालले जित्यो ‘थ्री नेसन्स’ कपको उपाधि, लाओस २–१ ले पराजित

काठमाण्डाै l लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपकाे उपाधि जितेकाे छ । फाइनलमा लाओसलाई २–१ गाेलले हराउँदै आयाेजक नेपालले उपाधि जितेकाे हाे ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा १ गाेलले पछाडि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे । खेलकाे १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलकाे २४ अ‍ौँ मिनेटमा आयुष घलानले गाेल गर्दै नेपाललाई १–१ गाेलकाे बराबरीमा ल्याउँदा पहिलाे हाफ बराबरीमा सकिएकाे थियाे ।

Advertisement

निकै प्रतिस्पर्धात्मक खेलकाे ८७ औँ मिनेटमा मनिष डाँगीले गाेल गर्दै नेपाललाई २–१ ले जिताए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उपविजेता लाओसले २५ सय अमेरिकी डलर पुरस्कार पाएकाे छ । प्रतियाेगितामा नेपाल, लाओस र भुटानकाे सहभागिता थियाे ।

More News last news
Loading...