काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी बैशाख १० गते हुने बारा-२, चितवन-२ र तनहुँ-१ को उपनिर्वाचनको लागि भाग लिन चाहनेहरुको प्रारम्भिक उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ।
पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायण प्रसाद प्याकुरेलले आज साँझ एक विज्ञप्ती जारी गर्दै प्रारम्भिक उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन् । सार्वजनिक सूचनाअनुसार चितवन-२ को उपनिर्वाचनको लागि सभापति रवि लामिछानेको मात्रै नाम छ।
यस्तै, तनहुँ-१ को लागि भने आजमात्रै पार्टी प्रवेश गरेका डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम रहेको छ । यस्तै, बारा-२ मा भने रमेश खरेल र युवराज न्यौपानेको नाम छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
