भोलिदेखि एसईई परीक्षा, ५ लाख १६ हजार बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौं । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुने भएको छ । यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईको परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । परीक्षामा सहभागी हुन देशभरिका ५ लाख १६ हजार ५ सय ७७ जना विद्यार्थीहरूले आवेदन फाराम भरेका छन्।

एसईईको परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएको छ। पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुने भएको छ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ।

Advertisement

कठिनाइ स्तर एउटै भएपनि प्रत्येक प्रदेशमा फरक प्रश्न सोधिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको समेत बताउनुभयो । देशभर २ हजार ३७ परीक्षा केन्द्र कायम गरिएको परीक्षा बोर्डले जनाएको छ ।

More News last news
Loading...