बजारमा छैन पैसा, कहाँ गयो, कसले लुकायो ? (भिडियोसहित)

काठमाडौँ ।  बैँक तथा वित्तीय संस्थासँग अहिले ऋण लगानी गर्न पर्याप्त रकम छैन। ऋण लिएर उद्यम-व्यवसाय गर्न खोज्नेले बैँकबाट रित्तो हात फर्किनुपर्ने स्थिति छ भने बैँकब्याङ्कसँग लगानीयोग्य पैसा नभएकाले ऋणको ब्याजदर पनि चर्को छ।

कोभिड–१९ को महामारी शुरू हुनुभन्दा अगाडिका वर्षहरूमा पनि बैँक तथा वित्तीय संस्थालाई माग अनुसारको ऋण दिन हम्मे पथ्र्यो । तर, यो वर्ष समस्या निकै चर्कियो। तत्कालिन अर्थ मन्त्री जनार्दन शर्माले त सार्वजनिक कार्यक्रममा बोल्दै बजारबाट पूँजी हराएको र यसकै कारण बैँकको लगानीयोग्य रकम बढ्न नसकेको टिप्पणी गरेका थिए। उनले भनेका थिए  ‘कहाँ गएछ पैसा ? किन छैन बजारमा ? म खोज्दैछु ।’ अर्थमन्त्रीले  पैसा खोज्दैछु भनेपछि बरु उहाँ नै मन्त्रीबाट हराउनुभयो तर हराएको पैसा भेट्टियन ।

Advertisement

अहिले जताततै त्यही गुनासो छ, मान्छेसँग पैसा नै छैन । ल, ठीक छ काम नगर्नेहरूको त पैसा नहुने नै भयो । काम गर्नेहरूको चाहिं जताततै भुक्तानी किन रोकिएको ? व्यापारीहरूको उधारो बढेको छ । बैंक र वित्तीय संस्थाहरूमा खराब कर्जा र ऋणीको संख्या दुवै बढिरहेको छ। मान्छेले पाउनुपर्ने पैसा समेत बेलामा नपाउँदा दुःखी र खिन्न छन् । किन यस्तो भयो ?

यति कुरा ढुक्कले भन्न सकिन्छ कि पक्कै हाम्रो अर्थतन्त्र र मौद्रिक नीतिमा केही न केही गडबड छ । तर त्यो गडबडी के हो? अर्थमन्त्रीको हैसियतमा भएका जनार्दन शर्मासमेत जनतालाई बताउन नसक्दै विवादास्पद कार्यकाल पूरा गरेर गए। अर्थमन्त्रीलाई समेत थाहा नहुने रहस्य कसले कसरी थाहा पाउने ?

More News last news
Loading...