कोशी प्रदेश नामाकरण र विरोध : विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं । कोशी प्रदेश नामकरण गरिएको विरोधमा आदिवासी जनजाति समुदायको प्रदर्शनका क्रममा मंगलबार झडप भएको छ। विराटन गरमा मंगलबार प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आन्दोलनमा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको हो ।

प्रदर्शनकारीले विराटनगरको रोडशेष चोकमा प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो । आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ ।

Advertisement

आन्दोलनलाई मत्थर पार्न अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। रोडशेष चोकमा रहेको बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने प्रदेश सांसदहरूलाई दबाब दिन भन्दै पहिचानवादीहरु सोही ठाउँमा पुगेका थिए । आन्दोलनका कारण उक्त कार्यक्रम आयोजकले स्थगित गरेको छ।

प्रहरी र आन्दोलनकारीबीचको दोहोरो झडपका कारण विराटनगरको रोडशेष क्षेत्र तनावग्रस्त बनेको छ । प्रर्दशनकारीले होटलमा समेत ढुंगा प्रहार गरेको बताइएको छ ।

More News last news
Loading...