काठमाडौँ । प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ वटा मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । सत्ता गठबन्धनमा भएको छलफलमा सो सहमति भएको हो ।
बालुवाटार स्रोतका अनुसार एकीकृत समाजवादीले २ वटा मन्त्रालय तथा जसपाले पनि २ वटै मन्त्रालय पाउने गरी सकारात्मक छलफल भएको छ ।
सरकारमा सहभागी हुन चाहने अन्य पार्टीलाई भने १–१ वटा मन्त्रालय दिनेगरी सहमति भएको छ । कांग्रेसले भने सबैभन्दा धेरै ८ वटा मन्त्रालय पाउने सहमति भएको छ ।
कांग्रेसले उपसभापति पूर्ण बहादुर खड्काको नेतृत्वमा सरकारमा पठाउने भएको छ । खड्काको मन्त्रालय टुँगो नलागे पनि प्रवक्त डा. प्रकाशसरण महतलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने कांग्रेस स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
