कांग्रेस पदाधिकारी बैठक: उपनिर्वाचनका लागि सोमबार उमेद्वार छान्ने, ८ मन्त्रालयमा दाबी

काठमाडौं । नेपाली कांग्रेसको शनिबार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले बैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेद्‍वारको टुङ्गो लगाउने निर्णय गरेको छ।

आजको बैठकले सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाएर उम्मेद्‍वारको टुङ्गो लगाउने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

Advertisement

यस्तै, बैठकमा पार्टी उपसभापति तथा १० दलीय गठबन्धन कार्यदलका संयोजक पूर्ण बहादुर खड्काले पुस १० पछिको राजनीतिक घटनाक्रमको ब्रिफिङ गर्दै उनले ८ मन्त्रालयमा कांग्रेसको दाबी रहेको बताए।

उनले बैठकमा गठबन्धनभित्रका दलहरुले ७ वटामात्र मन्त्रालय दिने बताएपनि आफूहरुले ८ वटामा मन्त्रालयमा दाबी गरेको बताए।

More News last news
Loading...