एलिना चौहानको सहकार्यमा डा. बिष्णु मुर्ती भट्टराईको नयाँ गीत बजारमा (भिडियो)

काठमाडौँ । डा. बिष्णु मुर्ती भट्टराईको नयाँ गीत ‘छौ कि दोधारमा’ बजारमा आएको छ । चर्चित गायिका एलिना चौहान र गायक कृष्ण मुर्ती भट्टराईको सुमधुर स्वर रहेको उक्त गीतमा संगीतकार श्रीधर अधिकारीले संगीत भरेका छन् ।

गीतको म्युजिक भिडियोमा पेसाले मुटु रोग विशेषज्ञ डा. लक्षमण दुबे र रेडियोलोजिष्ट डा. रिद्धी अधिकारीको जिबन्त अभिनय रहेको छ । गीतकार डा. भट्टराईको निर्देशनमा तयार भएको म्युजिक भिडियोको छायांकन राम केसीले गरेका हुन् भने सम्पादन सुजन कोइरालाले गरेका छन् ।

Advertisement

शुक्रबार भट्टराईको आफ्नै अफिसियल युट्युब च्यानल डा. बिष्णु मुर्ती भट्टराई मार्फत गीत बजारमा आएको हो ।

पेशाले सल्य चिकित्सक डा. भट्टराईको गीत लेखनमा बिशेष रुचि रहेको छ। डा. भट्टराई काठमाडौं उपत्यका बाहिर कार्यरत रहे पनि निरन्तर गीत संगीतमा लागिरहेका मध्ये एक हुन् । केहि समय अघि मात्रै भट्टराईको रचना तथा श्रीधर अधिकारीको संगीतमा ‘मेरो तस्बिर’, ‘सलाई’ र ‘बिर्सनु कसरी’ गीत बजारमा आएका थिए ।

More News last news
Loading...