नेपाल शिक्षक संघ कास्कीको अध्यक्षमा राजु क्षेत्री निर्वाचित

पोखरा । नेपाल शिक्षक संघ कास्कीको जिल्ला अधिवेशनबाट अध्यक्षमा राजु क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । शिक्षक संघ कास्कीको नबौं अधिवेशनबाट संघको कास्की जिल्ला अध्यक्षका लागि तीन जना शिक्षक नेताहरुले उमेदवारी दर्ता गराएपनि अन्तमा अध्यक्षमा क्षेत्रीसहित कार्यसमिति सर्वसम्मतले चयन भएको हो ।

महिला उपाध्यक्षमा सीता भण्डारी र उपाध्यक्षमा पुरुषोतम सापकोटा, सचिवमा तारानाथ भण्डारी, सचिव अर्थमा निर्मल आचार्य, सह सचिवमा द्रोण सुवेदी, सह सचिव महिलामा सञ्जु कुमारी शर्मा, सहसचिव अर्थमा राधिका बास्तोला भण्डारी, सहसचिव समावेशीमा निर्मला मानन्धर र जुनकिरी दर्जी निर्वाचित भएका छन् ।

Advertisement

अध्यक्ष बन्नका लागि संघका वर्तमान कास्की जिल्ला सचिव राजु क्षेत्री, संघका पुर्व केन्द्रीय सदस्य बसन्तराज पाण्डे र संघका निवर्तमान पोखरा महानगर अध्यक्ष भोलानाथ पौडेलले उमेदवारी दर्ता गराएका थिए ।

नेपाल शिक्षक संघका कास्की जिल्ला भरी १ हज़ार ७ सय ७३ जना सदस्य अर्थात् मतदाता रहेका छन् । जसमध्ये पोखरा महानगर भित्र मात्रै १ हज़ार २ सय ७८ सदस्य रहेका छन् ।

More News last news
Loading...