आज ह्वात्तै घट्यो सुन, तोलाको कति ?

काठमाडौँ । आज साताको चौँथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम गरेको हो।

मंगलबार प्रति तोला १ लाख ९ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघले नयाँपुस्तालाई जानकारी दिए अनुसार, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो । मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो। हिजो अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै नेपालमा पनि सुनको भाउ घटेको हो ।

यो पनि हेर्नुहोस् …

More News last news
Loading...