निरन्तर अकासिँदै सुन, आज कति बढ्यो तोलाको ?

काठमाण्डाै l सुनको भाउ लगातार बढ्न थालेको छ। आज तोलामा सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ५ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो भने अस्ति तोलामा १ हजार ७ सय रुपैयाँले बढेको थियो । भाउ अझै बढ्ने अनुमान छ ।

Advertisement

यस्तै, चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।

More News last news
Loading...