आज पनि ह्वात्तै घट्यो सुन, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ।

आज सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले घटेर १ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement

बुधबार सुनको मूल्य १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदी प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भईरहेको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

More News last news
Loading...