यही साता सार्वजनिक हुँदै सुजुकी ग्राण्ड भिटारा, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको सुजुकी ग्राण्ड भिटारा आगामी शुक्रबार सार्वजनिक हुने भएको छ। नेपालका लागि सुजुकी गाडीको आधिकारीक वितरक सीजी मोटोकर्पले गत केहि हप्तादेखि बुकिङ खुल्ला गरिसकेको थियो।

भारतको नयाँ दिल्ली अटोशोको आकर्षणको रुपमा समेत रहेको सुजुकी ग्राण्ड भिटारालाई नेपालमा पनि खास रुपमा हेरिएको छ। यस अघि नेपाल भित्रिएको सुजुकी ब्रेज्जाले ठूलो सफलतापाएपछि ग्राण्ड भिटारा पनि रोजाइमा पर्ने कम्पनीको दाबी छ । सुजुकी ग्राण्ड भिटारासँगै ब्रेज्जा नयाँ भर्सनपनि सार्वजनिक हुँदै छ।

Advertisement

ग्राण्ड भिटाराको हाइब्रिड इन्जिनमा विटा र अल्फा भेरियन्ट नेपाल आएका छन् । अटोमेटिक गियर बक्स र ईड्राइभ टेक्नोलोजी उपलब्ध यो गाडी बोल्ड लुक्सका देखिने छ। १४९० सीसीको इन्जिनसँग सिन्क्रोनास एसी मोटर जडान भएको यो गाडीले ११४ बीएच पावर र १४१ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार सुजुकी ग्राण्ड भिटाराले प्रतिलिटर २० किलोमिटर बढी माइलेज दिन्छ।

ई–सिभीटी गियरबक्स सहित नेपाल आउने यो गाडीमा एस्पीरेटेड १.५ लिटर फोर सिलिण्डर,के १५ सी ड्यूलजेट पेट्रोल इन्जिन भएको भेरियन्ट उपलब्ध हुने छ । उक्त इन्जिनले १०२ हर्सपावर र १३६ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले भिटारामा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स दिएको छ।

सेफ्टीका लागि कम्पनीले ६ वटा एयरव्याग,इलेक्ट्रोनिक स्टेविलीटी कन्ट्रोल,टायर प्रेसर मोनिटरीङ सिस्टम र चारवटै चक्कामा डिस ब्रेक उपलब्ध गराएको छ । त्यस्तै हलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा पनि दिइएको छ।

९ इन्चको टच स्कृन इन्फोटेन्मेन्ट सिस्टम, फुल्ली डिजिटल इन्ट्रुमेन्ट, भेन्टीलेटेड सिट, ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा,वायरलेस चार्जर, डिभाइस लेफ्ट अलर्ट सिस्टम लगायतका प्रविधि फिचर समेत यो गाडीमा छ । ग्राण्ड भिटारालाई ईभी, इको, पावर र नर्मल गरी चारवटा ड्राइभ मोडमा चलाउन सकिन्छ । हालसम्म कम्पनीले आधिकारीक रुपमा मुल्य सार्वजनिक नगरे पनि विटा भेरियन्टको ८६ लाख र अल्फा भेरियन्टको मूल्य ९० लाख पर्ने अनुमान गरिएको छ ।

More News last news
Loading...