राष्ट्रगुरु योगी नरहरिनाथको स्मृतिमा विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा दीप प्रज्वलन

काठमाडौँ । विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा राष्ट्र गुरु योगि नरहरिनाथको १०९ औ स्मृति दिवसका अवसरमा दीप प्रज्वल्न कार्यक्रम सम्पन्न भएको छ। स्याङ्जाको वालिङ स्थित केदारनाथ मन्दिरमा आयोजित दीप प्रज्वलन कार्यक्रमको अध्यक्षता विश्व हिन्दू युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नबराज पौडेलले गरेका थिए ।

विश्व हिन्दू युवा संघका केन्द्रीय सदस्य एवं वालिङ ११ का वार्ड अध्यक्ष डण्डपाणि पंगेनी, विशिष्ट अतिथि समाजसेबी ध्रुब पंगेनी, कमल कुँवर, दिक्छान्त प्रताप खाड, केदारनाथ मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सिताराम अधिकारी, विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला प्रबक्ता हरि रेग्मी, सह प्रबक्ता कुसल बस्याल, जिल्ला सदस्य प्रज्वल रनपाल, राजन रेग्मी, भिम बहादुर रोका, बबिन पाठक लगायतको उपस्थित रहेको थियो।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पङेनीले योगि नरहरीनाथले देखाउनु भएको बाटो हामीले भुल्न नहुने भन्दै पछिल्लो पूतालाई सकारात्मक पथ तिर लम्किन आग्रह गरे । योगीले नेपाललाई आर्थिक रुपमा सबल बनाउन पनि ठुलो योगदान गरेको चर्चा विश्व हिन्दू युवा संघ स्याङ्जाले उदारहरणिय कार्य गरेको भन्दै प्रसंशा गरेका थिए।

त्यस्तै, विशिष्ट अतिथी सीताराम अधिकारीले योगी नराहरिनाथले गरेको कामको प्रशंसा गर्दै उनको पहलमा नै यो केदारनाथ मन्दिर स्थापना भएको र योगि यहि भूमिमा आएर केही समय बिताएको बताए।

जिल्ला अध्यक्ष नबराज पौडेलले योगि जि ले नेपाललाई गुरु राष्ट्रको रुपमा विकास गर्न खोजेको र पूर्वीए दर्शनका आधारमा हामी हिँडे मात्रै योगी जिको सपना पुरा हुने कुरा बताए। पौडेलले अहिले योगी जिले देखाएको बाटोमा हिँडने बेला आएको र उहाँले आयुर्बेदमा पनि ठुलो योगदान पुर्याएको बताए । योगीले नेपाल भर १२९ ठाउँमा कोटिहोम गरेका थिए ।

विश्व हिन्दू युवा संघ स्याङ्जाले उनको नाममा योगि नरहरिनाथ संस्कृत पुस्तकालयको पनि स्थापान गरेको छ । पुस्तकालयमा उनले लेखेका पुस्तकहरु पनि राखिएको छ ।

कार्यक्रममा कमल कुँवर, दिक्षयान्त प्रताप खाँड लगायतले बोलेका थिए। समाजसेबी ध्रुब पंगेनीले स्वागत मनतब्य राखेको कार्यक्रम प्रबक्ता हरि रेग्मीले सञ्चालन गरेका थिए ।

यो पनि हेर्नुहोस् …

More News last news
Loading...