कान्छो प्रदेशमा आज सार्बजनिक बिदा

काठमाडौं । प्रदेश १ को नाम कोसी प्रदेशको नामाकरणको उपलक्ष्यमा आज सार्वजानिक बिदा घोषणा गरिएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नामाकरणको उपलक्ष्यमा आज प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजानिक संस्थान, प्रतिष्ठान तथा शैक्षिक संस्थाहरुमा सार्वजानिक बिदा दिने जानकारी गराएको छ।

Advertisement

हिजो बसेको मन्त्रिपरिषद् बैठकले सार्वजानिक बिदा दिने निर्णय गरेको हो। प्रदेशको नाम कोसी राख्ने प्रस्ताव बुधबार प्रदेशसभाले दुई तिहाइले पारित गरेको थियो। सात प्रदेश मध्ये नामाकरण गर्ने कोसी प्रदेश सबैभन्दा कान्छो प्रदेश हो ।

यो प्रदेशको नाम कोसी राख्न गरिएको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो। यो संख्या दुई तिहाइभन्दा बढी हो। यो प्रदेशसभा ९३ सदस्यीय छ।

More News last news
Loading...