आज बढ्यो सुन, कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य १ हजार २ सय ७० रुपैयाँ मा कारोबार भईरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

More News last news
Loading...