काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएसँगै तनहुँ-१ मा नेपाली कांग्रेससँग असतुष्ट बनेको कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समुह निर्वाचनको रणनीतिमा जुटिसकेको छ ।
नेता पौडल राष्ट्रपतिमा आठ दलको साझा उम्मेदवार भएकोले जीत सुनिश्चित भएसँगै तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुने स्थिति सृजना भएकोले जोशी समुह निर्वाचनमा जुटेको हो । अवसरको सहि सदुपयोग गर्दै जीत हाँसिल गरी गुमेको आफ्नो विरासत कामय राख्ने दाउमा जोशी समुह छ । क्षेत्र नम्बर १ मा कांग्रेस बलियो रहेको र त्यसमाथि माओवादी केन्द्र, एकिकृत समाजवादीको साथ पाएपछि कांग्रेसको जीत सुनिश्चित देखिएकाले एमालेले जोशी समुहलाई सघाउने सम्भावना छ।
नेपाली कांग्रेसबाट अलगिएर स्वतन्त्र बनेको जोशी समुहलाई सघाएको अवस्थामा कांग्रेसको उम्मेदवारलाई हराउन सक्ने भएकोले एमालेले जोशी समुहलाई साथ दिने सम्भाव प्रवल रहेको छ । सरकारलाई समर्थन फिर्ता गरेको राप्रपाले पनि जोशी समुहले साथ लिएर चुनाव जित्ने दाउमा छ ।
जोशी समुहले एमाले, राप्रपा र जनमुक्तीको साथ पाएमा जीत हासिल गर्नसक्छ । मंसिर ४ गते सम्पन्न मत परिणाममा नेता जोशी र एमालेका एकबहादुर रानाको मत जोड्दा कांग्रेसको भन्दा धेरै हुन्छ त्यसमाथि सरकारको विपक्षमा रहेका राप्रपा र जनमुक्तिको मत समेत पाएको अवस्थामा स्वतन्त्र उमेद्वारको जित हुनसक्ने देखिन्छ ।
तनहुँमा यतिबेला जोशीले छोरा दीपकराज जोशीलाई उम्मेदवार बनाउने भएका छन् । नेपाली कांग्रेसले भने केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निश्चित जस्तै छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास पुगेका भट्टराइलाई देउवाले अब टिकट लिएर जितेर संसद् छिर्नुपर्नेभन्दै टिकटको आश्वासन दिइसकेका छन् ।
दीपक गत स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको मेयरमा २५२ मतले पराजित भएका थिए भने भट्टराई २०७४ को प्रदेश सभा निर्वाचनमा एमालेका रामबहादुर गुरुङसँग पराजित भएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
