काठमाडौं l प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाको माछाखोला जलविद्युत आयोजनाको उद्घाटन गरेका छन्। बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भर्चुअल माध्यमबाट ४.५५ मेगावाट क्षमताको आयोजना सोमबार उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री दाहालले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताए। ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं,’ उनले भने।
उनले विगतका दिनमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताएका थिए। प्रधानमन्त्रीले जलविद्युत आयोजना निर्माणमा संलग्न स्वदेशी र गैरआवासीय नेपाली संघमा रहेका नेपालीहरुको योगदानका लागि धन्यवाद पनि दिएका छन्।
उद्घाटन समारोहमा गोरखा १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले गोरखाकै गुम्दा र लाप्राकको बीचमा ग्रिड निर्माण गर्ने जग्गा लिन ध्यानाकर्षण गराएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)