शेयर बजारमा सामान्य सुधार, २ हजार २७ विन्दुमा पुग्यो नेप्से

काठमाडौँ । शेयर बजारमा आज आइतवार सामान्य सुधार भएको छ । बिहान बजार खुलेको केही समयमा ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेकाे शेयर बजार उतारचढावका बीच बन्द हुने बेलामा बढेको हो । आज शेयर बजार परिसूचक नेप्से चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ दशमलव १९ अङ्कमा पुगेको छ ।

आज लघुवित्त समूहको शेयर उच्च अङ्कले बढेको छ । सरकारले लघुवित्तको नियमनमा कडाइ गरेपछि गएको बुधवार र बिहीवार लघुवित्तको शेयर उच्च अङ्कले घटेको थियो । यस्तै आज होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर पनि उच्च अङ्कले बढेको छ । आज व्यापार, उत्पादन, बैंकिङ र जीवन बीमा समूहको शेयर भने दोहोरो अङ्कले घटेको छ ।

Advertisement

आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार कित्ता शेयर दुई अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । आज विजय लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र अभियान लघुवित्तको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि जनउत्थान सामुदायिक लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा बढीले घटेकाे छ ।

More News last news
Loading...