काठमाडौँ l नेपाली चलचित्र प्रवर्धन गर्न सरकारको ३० लाख आर्थिक सहयोगमा दुबइमा भएको नेपाल फेस्ट केही कलाकार, केही पत्रकार, केही चलचित्र विकास बोर्डका पदाधिकारी अनि केही सञ्चार मन्त्रालयका कर्मचारी सहभागी भए।
चार दिनसम्म चल्ने फेस्टका लागि चलचित्र विकास बोर्डले मानव तस्करी र वैदेशिक रोजगार ठगीमा मुछिएको सूर्य कर्पोरेसनलाई ३० लाखमा जिम्मा दिएपछि अधिकांश कलाकारहरूले फेस्टको विरोध गरेका थिए।
अनुमति नै नलिई फिल्म प्रदर्शन गर्न खोज्दा महापुरुष टिमले सार्वजनिक रूपमा आपत्ति जनायो भने वरिष्ठ कलाकार निर शाह र कलाकार विजय लामाले अनुमति नै नलिई कार्यक्रमको पोस्टरमा तस्बिर राखेको भन्दै आपत्ति जनाए। फिल्म क्षेत्रमा चौतर्फी विरोध भए पनि आफ्नो व्यापारिक साझेदारी समेत रहेको विवादित कम्पनीसँगको सहकार्य तोड्न चाहेनन् बोर्ड अध्यक्ष भुवन केसीले। [यस्तो छ पूरा भिडियो]
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
