दुर्गा प्रसाईंको चालकसमेत रहेका विजयले गरे आत्मदाहको प्रयास

काठमाडौं । मंगलबार अपराह्न झापाको बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोडको मुक्तिचोकमा शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गर्न खोज्ने ३४ वर्षीय विजय चौधरी बिर्तामोड–७ निवासी हुन्।

उनी दुर्गा प्रसाईंको बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे। साथै, उनी दुर्गा प्रसाईंको सहयोगीका रूपमा पनि रहेका थिए। तर, हस्पिटलबाट जागिर छाडेको उनी केही महिनादेखि बेरोजगार थिए । मंगलबार पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका उनलाई तत्काल उद्धार बीएण्डसी हस्पिटल पुर्याइएको थियो।

Advertisement

आत्मदाहको प्रयास गरेका उनको शरीरको पछाडिको जलेको बताइएको छ। के कारण उनले आत्मदाह प्रयास गरे त्यो खुलेको छैन ।

देशभर आत्माहत्या बढेको, बैंकहरुले लुटतन्त्र मच्चाएको र प्रदेशहरुले खर्च धान्न नसकेको भन्दै पुर्वराजा ज्ञानेन्द्र शाहको हातबाट राष्ट्रव्यापी अभियानको उद्घाटन गरेका दुर्गा प्रसाईको आफ्नै संस्थामा जोडिएका ड्राइभरले नै आत्माहत्या प्रयास गरेपछि उनी र उनको अभियानमाथि नै प्रश्न उब्जिएको छ ।

More News last news
Loading...