पोखरा l पोखरामा विस्फोटक पदार्थ खेलाउँदा पड्किएर आज मङ्गलवार दुई बालक घाइते भएका छन् । पोखरा महानगरपालिका–३३ ठूलढुङ्गाका दुई जना बालकले नेपाली सेनाको पोस्ट नजिकैको वनमा भेटाएकाे विस्पोटक पदार्थ घरमा लगेर खेलाउँदा पड्किएर घाइते भएका हुन् ।
घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
विस्फाेटक पदार्थ पड्किँदा एक जनाको हातमा र एक जनाको हात र खुट्टा दुवैमा सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ। उनीहरंको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा उपचार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
