दोल्ती पावरको IPO बिक्री खुला

काठमाडौँ । दोल्ती पावर कम्पनीको आईपीओ आज (सोमबार, फागुन ८ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख ३६ हजार ४८६ कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ लाख ७ हजार २९८ कित्ता सेयर बिक्री गर्न लागेको हो।

कम्पनीले अतिआयोजना प्रभावित क्षेत्र दैलेखको नौमूले र कालिका गाविसका स्थानीय बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता तथा आयोजना प्रभावित नौमूले र कालिका गाविसकाबाहेक अन्य क्षेत्रका बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता बिक्री खुला गर्नेछ।

Advertisement

यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ। यस आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमिा रहेका नेपालीले फागुन २५ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।

स्थानीयले भने छिटोमा माघ २५ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने चैत ७ गतेसम्म बिक्री खुला गरिनेछ। स्थानीयले आयोजना रहेको कार्यालय दैलेखको नौमूले, एनआईसी एसिया बैंकको नयाँबजार शाखा, ग्लोबल आइएमई बैंकको देवकोटा चोक शाखा र प्रभु बैंकको देवेन्द्रचोक शाखाबाट आवेदन दिन सक्नेछन्। यो आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

More News last news
Loading...