पोखरामा ४५ जना यात्रुसहितको बस दुर्घटना, सबै घाईते, केहीको अवस्था गम्भीर

पोखरा । पोखरा महानगरपालिका २६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४५ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो।

घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयो । ‘ब्रेक फेल’ भएपछि बस सडकबाट खोल्सामा खसेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

Advertisement

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा धेरैजसो पोखरा विश्वविद्यालयबाट फर्किदै गरेका विद्यार्थी रहेका छन् ।

More News last news
Loading...