ग्याँस सिलिण्डर कसरी सुरक्षित गराउने त ? [भिडियोसहित]

आयल निगमका अधिकारीहरुले दिएको टिप्सअनुसार भान्सामा ग्यासको जोखिम कम गर्ने उपाय यस्ता छन् :
डिलरबाट ल्याउँदा वा लैजाँदा सिलिण्डर कुनै पनि अवस्थामा नगुडाउने ।
डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावटयुक्त छ कि छैन, परीक्षण गर्ने ।
भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्ने ।
कुनै पनि अवस्थामा ग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग नगर्ने ।
ग्यास चुल्होका लागि चाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाण पत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्ने ।
ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुई वर्षमा फेर्ने । सिलिण्डरबाट चुल्होसम्म पु¥याउने पाइप अनिवार्य फेर्ने ।
खाना पकाइसकेपछि रेगुलेटर अनिवार्यरुपमा बन्द गर्ने ।
खाना पकाउँदा कोठाको झ्याल ढोका बन्द गर्ने, खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्ने ।

दुर्घटना पहिचान र सतर्कता

Advertisement

सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाँही ग्यास चुहावट हुन सक्ने जोखिम रहन्छ । यस्तो अवस्थामा उपभोक्ताले तत्कालै अपनाउन सक्ने उपाय यस्ता छन्ः

ग्यासको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको बुझ्नुपर्छ ।
ग्यासको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनु हुँदैन ।

ग्यास लिक भएको थाहा पाउने बितिक्कै पहिले रेगुलेटर र पछि चुल्होको निभ बन्द गर्नुपर्छ ।
ग्यास लिक भएको सिलिण्डर रेगुलेटरबाट छुटाएपछि सिलिण्डरमा हुने सुरक्षा क्याप लगाएर कोठा बाहिर राख्ने ।
ग्यासको अनावश्यक भण्डारण नगर्ने ।

अग्नि नियन्त्रकको सुझाव

भान्सामा प्रयोग हुने ग्यासबाट हुने आगलागी जोखिमपूर्ण भए पनि अलि सचेत उपभोक्ताले आफैं ठूलो क्षति रोक्न सक्ने अग्नी नियन्त्रकको सुझाव छ ।

घरको भान्सामा प्रयोग हुने एउटा ग्यास लिक भएर लागेको आगोकै कारण सिलिण्डर पड्किन नसक्ने जुद्ध वारुण यन्त्रका एक फायर फाइटर कमाण्डर बताउँछन्।

‘आगो लाग्ने बितिक्कै ग्यास पड्किन्छ भनेर हामी भाग्छौँ, तर आगो लागिरहेको सिलिण्डर तत्कालै पड्किदैन, सिलबन्द कुनै सिलिण्डर छेउमा छ भने त्यो चै पड्किन्छ, ती कमाण्डरले भने ।

आगो लाग्नेबितिक्कै लिक भएको ठाउँमा चिसो कपडाले छोप्ने, रेगुलेटर वा क्यापले ग्यासको चुहावट रोक्न सकिने उनी बताउँछन् । ब्लान्केट भिजाएर सिलिण्डर छोप्ने, जुटको बोरा भिजाएर छोप्ने तथा पानी राख्ने बाल्टिनले बेस्सरी सिलिण्डर छोप्दा पनि आगलागी नियन्त्रण गर्न सकिन्छ ।

साथै मौज्दातमा भरेर राखेको अर्को सिलिण्डर ग्यास छ भने त्यसलाई तुरुन्तै बाहिर निकाल्नुपर्ने उनी सुझाउँछन् । भान्सामा हुने आगलागीमा आत्तिएर भाग्ने नभई थप क्षति रोक्न आगो फैलने स्रोत बन्द गर्ने र दमकललाई खबर गर्नुपर्ने उनले सुझाव दिए ।

बजारमा भएको सिलिण्डर कति सुरक्षित छ ?

नेपाल आयल निगमका अनुसार देशभर अहिले २८ लाख सिलिण्डरहरु उपभोक्ताका घरमा छन् । दैनिक ८० हजारदेखि एक लाख सिलिण्डर बजारबाट खाली उठ्ने र त्यति नै संख्यामा रिबोटलिङ भएर वितरकमार्फत उपभोक्ताको घरमा पुग्ने निगमले जनाएको छ । यसका अतिरिक्त देशभरका ५९ वटा ग्यास उद्योगको आफ्नै स्टोरेजमा पनि ग्यास मौज्दात हुन्छ ।

ग्यासको प्रयोग सुरक्षित बनाउन निगमले जनचेतनामुलक कार्यक्रमहरु पनि गरिरहेको निगमका प्रवक्ता वीनितमणि उपाध्याय बताउँछन् ।

केही समय अघिसम्म अस्त–व्यस्त रहेको ग्यासको सुरक्षित प्रयोगको निगम, मुद्दा नापतौल तथा गुणस्तर विभाग र वाणिज्य विभागको नियमनकारी भूमिकामार्फत धेरै हदसम्म सुरक्षित बनाइएको उनी दाबी गर्छन् ।

खाना पकाउने ग्याससँग सम्बन्धित दुर्घटनामा यसलाई सञ्चालन गर्ने उपभोक्ताको असावधानी र उत्पादक तथा बिक्रेताको बदमासीका कारण सिलिण्डर तथा यसमा प्रयोग हुने रेगुलेटर, भल्वमा देखिने समस्यामा निर्भर हुने जानकारहरु बताउँछन् ।

ग्यास अति नै सम्वेदनशील वस्तु भएकाले यसको गुणस्तर, उत्पादन र प्रयोग सुरक्षित बनाउन गुणस्तर तथा नापतौल विभागले मापदण्ड बनाएरै लागू गरेकोे विभागका महानिर्देशक बताउँछन् ।

उक्त मापदण्डले ग्यासको उत्पादन, ढुवानी र प्रयोगलाई हरसम्भव सुरक्षित राख्ने महानिर्देशकको दाबी छ।

विभागले गरेको बजार अनुगमनमा बजारमा ग्याससम्बन्धी दुर्घटनाका कारण चुहावट नै प्रमुख भएको पाइएको छ। सिलिण्डरमा जोडिएको भल्व, रेगुलेटर, पाइप तथा ग्यास चुल्होका कारणले हुने चुहावटले ९५ प्रतिशत घटना हुने गरेको महानिर्देशक बताउँछन्।

विभागका अधिकारीहरुको दाबी अनुसार केही कम्पनीको सिलिण्डरकै कुनै भागमा भएको प्वालका कारणले हुने चुहावट भने एकरदुई प्रतिशत मात्रै छ । विभागले बनाएको मापदण्डले बजारमा कमसल र असुरक्षित सिलिण्डर आउनलाई रोक्ने विभागका एक सूचना अधिकारी बताउँछन् ।

गुणस्तरीय सिलिण्डर प्रयोगमा ल्याउन, सुरक्षित ग्यास भर्न, सिलिण्डरमा जोडिने भल्भ तथा क्याप सुरक्षित बनाउन नेपाल गुणस्तर लागू गरिएको उनको भनाइ छ ।

ग्यास उद्योग, बिक्रेता र डिलरहरुले नेपाल गुणस्तर पालना गरे: नगरेको भनेर नियमित अनुगमन हुने गरेको र नगर्नेलाई कारबाही पनि गरिने गरिएको उनले बताए ।

More News last news
Loading...