११०० ले घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।

आज छापावाला सुन ५ सयले घटेर प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहिबार छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो।

Advertisement

यता, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार र शुक्रबार गरी सुन प्रतितोला ११ सय रुपैयाँले घटेको हो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

More News last news
Loading...