कसरी छापिन्छ नेपाली नोट ? कुन दरका नोट छाप्न कति लाग्छ खर्च ? [भिडियोसहित]

काठमाडौँ । तपाईं हाम्रो हातमा कागजी नेपाली नोट सधैँ हुन्छ, चाहे त्यो धेरै होस् या थोरै । नोटकै लागि हामी सारा जीवनलाई एकातिर थन्क्याएर मरिमेटेर काम गर्छौं । खुसी पनि नोटमै अनि दुस्ख पनि नोटमै देख्ने गर्छौं । जीवनलाई नोटकै आधारमा तुलना पनि गर्छौं ।

तर, कहिल्यै सोच्नुभएको छ तपाईको जीवनलाई नै तुलना गर्ने नोट कसले बनाउँछ ? कसरी तपाईंको हातसम्म आइपुग्छ नोट ? वास्तवमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले नेपाली नोट छाप्ने सम्पूर्ण जिम्मा राष्ट्र बैंकलाई दिएको छ। नोट छापिँदाको सम्पूर्ण प्रक्रिया केन्द्रीय बैंकले गर्दै आएको छ। तर, बैंकले नै नोट छपाइको काम भने गर्दैन। नोट छाप्ने प्रिन्टिड मेसिन समान्य मेसिन जस्तै होला त ? पक्कै पनि नोट छाप्न विशेष प्रकारको प्रिन्टङ मेसिन चाहिन्छ, यो सबै देशमा हुँदैन । केही देशले मात्र राखेका छन् यस्तो मेसिन।

Advertisement

तपाईंले सुन्नुभएको होला, सेक्यिुरिटी प्रिन्टिङ प्रेसको कुरा । यही प्रेस खरिदमा भएको भनिएको ७० करोड रुपैयाँ कमिसन प्रकरणका कारण तत्कालीन सञ्चारमन्त्रीको पद गुमेको त पक्कै थाहा हुनुपर्छ । हो, यही सेक्युरिटी प्रिन्टिङ प्रेसबाट नै नोटहरू छापिन्छ । नेपालमा मात्र नभएर विश्वमा नै नोटहरू यसै मेसिनबाट छापिने गर्छ । यसको सम्पूर्ण नियम र निर्देशन भने अन्तर्राष्ट्रिय मुद्रा कोषले गर्ने गर्छ । यस्तो छ प्रक्रिया देशको कुल गार्हस्थ्य उत्पादन, बजेटले व्यवस्था गरेको चालू खर्च र त्यस वर्ष आएको रेमिट्यिान्सको हिसाबको आधारमा कति नोट छाप्ने भन्ने तय गरिन्छ, जसले मुलुकको अर्थतन्त्र धान्न सकोस् ।

यसरी कति नोट छाप्ने तय गरिसकेपछि राष्ट्र बैंकले सरकारसँग नयाँ नोट छाप्न अनुमति माग्छ । नयाँ नोट छाप्न सरकारबाट अनुमति पाएसँगै राष्ट्र बैंकले कुन दरका नोट कति छाप्ने भन्ने तय गर्छ । जुन दरको नोट बजारमा बढी चलनचल्तीमा छ, त्यही नोट बढी मात्रामा छापिन्छ ।

कुन दरका नयाँ नोट र सिक्का छाप्न कति खर्च लाग्छ ?
तपाईँको खल्तीमा रहेको, घरमा राखिएको वा ब्याङ्कमा जम्मा गरिएको नोट वा सिक्का छाप्न कति खर्च लाग्छ तपाईलाई थाहा छ ? हामीले आर्जन वा खर्च गर्ने सिक्काको छपाई लागत त्यसको मूल्यभन्दा महँगो हुन्छ भन्ने पनि हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ। नेपाल राष्ट्र ब्याङ्कले हामीले प्रयोग गर्ने एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन सिक्काको मूल्यभन्दा दोब्बर बढी अर्थात् करिब साढे दुई रुपैयाँसम्म खर्च गर्ने गरेको छ।

पोल्यान्डमा छापिने र १ रुपैयाँ को सिक्का छपाइका लागि मात्रै राष्ट्र ब्याङ्कले प्रतिसिक्का २ रुपैयाँ ४० पैसा खर्च गर्नुपर्छ। त्यसका अतिरिक्त ढुवानीका लागि पनि थप खर्च लाग्ने र यस्तो खर्च समय अनुसार फरक पर्ने केन्द्रीय ब्याङ्कका अधिकारीहरू बताउँछन्। पोल्यान्डको मेनिका पोलेस्काले छापिएका एक रुपैयाँ दरका सिक्का पर्साको सिर्सिया सुख्खा बन्दरगाहसम्म पुर्याउने गरेको छ। राष्ट्र ब्याङ्कका अनुसार सबैभन्दा कम खर्चमा १० रुपैयाँको नोट छापिन्छ। सबैभन्दा बढी खर्च ५०० रुपैयाँ को नोट छाप्न लाग्दै आएको छ।

भिडियोमा हेर्नुहोस् कसरी छापिन्छ पैसा, कति लाग्छ खर्च

More News last news
Loading...