काठमाडौँ । रवि लामिछाने को हो चिन्दिन भनेर ट्रोल बनेकी एलिना चौहानले अन्ततः माफी मागेकी छन् । आइतबार टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अतिथिको रूपमा सहभागी उनलाई कार्यक्रमका होस्ट प्रकाश सुवेदीले रवि लामिछानेको फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भनेर प्रश्न गरेका थिए ।
जवाफमा उनले व्यक्ति रवि लामिछाने भए पनि कुनै पनि रूपमा नचिन्ने बताएकी थिइन् । मिडियाकर्मीदेखि पछिल्लो समय राजनीतिक र नागरिकताको विषयले सबै तिर छाएका रविलाई चिन्दिन भनेपछि गायिका चौहान सामाजिक सञ्जालमा उनी ट्रोल बनिरहेकी छन्।
पूरा जानकारी भिडियोमा :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
