काठमाडौँ । सत्ता साझेदार दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा चितवन–२ मा चाँडै उपनिर्वाचन गराउनेबारे छलफल भएको केहि बेरमै निर्वाचन आयोगले निर्वाचन घोषणा गरेको छ ।
यसअघि निर्वाचन चैत्रको अन्तिमतिर निर्वाचन घोषणा गर्ने जनाएको आयोगले बैशाख १० गतेका लागि निर्वाचन घोषणा गरेको हो ।
२०७९ मंसिर ४ को निर्वाचनमा लामिछाने चितवन–२ बाट अत्यधिक बहुमतले विजयी भएका थिए। लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याए। लामिछाने ४९ हजार २६१ मत पाएका थिए भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार ६४९ मत पाएका थिए।
प्रस्तुत छ निर्वाचन घोषणा अघि नै तयार पारिएको यो भिडियो सामाग्री :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
