टर्की भूकम्प : खाद्यान्न र पानीको अभाव, मृतकको सङ्ख्या १९ हजार नाघ्यो

काठमाडौँ । टर्की र सिरियामा सोमवार गएको शक्तिशाली भूकम्पपछि आश्रयस्थल, खानेपानी, इन्धन र बिजुलीको अभावमा अझै धेरै पीडितहरूको मृत्यु हुनसक्ने जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले ‌बताएको छ। भूकम्प गएपछाडिको अवस्थामा दोस्रो विपद्को खतरा रहेको र अझै धेरै मानिसको ज्यान जानसक्ने चेतावनी डब्ल्यूएचओले दिएको छ।

टर्की र उत्तरी सिरियामा बिहीवार साँझसम्म १९,००० भन्दा बढी मानिसले ज्यान गुमाएको पुष्टि भएको छ। टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गर्दै दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन्।

Advertisement

आलोचकहरूले भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन सेवाहरूको प्रतिक्रिया निकै ढिला भएको र सरकारको तयारी कमजोर रहेको जनाएका छन्। राष्ट्रपति एर्दोआनले सरकारले केही समस्याहरू सामना गरेको स्वीकार गरे, तर अहिले स्थिति “नियन्त्रणमा” रहेको बताएका छन्।

यद्यपि टर्कीका प्रमुख प्रतिपक्षी दलका नेता केमाल किलिचदारोग्लुले उनको कुरामा सहमति जनाएनन्। राष्ट्रपतिले उक्त आरोपको खण्डन गर्दै विपद्पछि एकता आवश्यक रहेको बताए। “यस्तो परिस्थितिमा समेत राजनीतिक स्वार्थका लागि नकारात्मक अभियान चलाउने व्यक्तिलाई सहन सक्दिनँ,” उनले पत्रकारहरूसँग भने। बीबीसी

More News last news
Loading...