ईपीएस कृषिको भाषा परीक्षा सुरु

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ पहिलो चरणको भाषा परीक्षा सुरु भएको छ । माघ १८ गतेदेखि सुरु भएको यो परीक्षा फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि सो परीक्षा लिइएको हो ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि तीन हजार एक जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको छ । दोस्रो चरणको परीक्षा आउँदो फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने सो शाखाले जनाएको छ । दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका छन् ।

Advertisement

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले गत वर्षदेखि नै यूबीटी ९युबिक्युट्स बेस टेस्ट० ट्याबमार्फत भएको परीक्षा विगतको तुलनामा मर्यादित र व्यवस्थित भएको दाबी गरे ।

उनका अनुसार अघिल्ला वर्षहरूमा भाषा परीक्षा पेपर बेस टेस्ट (पीबीटी) रूपमा गरिँदै आएकामा एक वर्षयता यूबीटी (युबिक्युट्स बेस टेस्ट) ट्याबमार्फत गरिँदै आएको छ । यसअघिका परीक्षामा नक्कली विद्यार्थी धेरै हुने गरे पनि अहिलेको परीक्षा प्रणालीअनुसार परीक्षाको रोस्टरमा परेका अघिल्लो दिन बायोमेट्रिक गरेर मात्रै परीक्षा दिने व्यवस्था गरिएकाले त्यो समस्या नभएको ईपीएस शाखाका निर्देशक कटुवालले जानकारी दिए ।

दक्षिण कोरियाले ईपीएसअन्तर्गत अहिलेसम्मकै सबभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी कृषि तथा पशुपालनतर्फको पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो ।

ईपीएस शाखाका अनुसार सन् २०२३ मा ईपीएसमार्फत कृषि तथा पशुपालनतर्फ १० हजार ७५८ जनाको माग आएकामा ३७ हजार २७४ जनाले आवेदन दिएका थिए । शाखाले कृषि तथा पशुपालनतर्फको गत पुस ४ देखि ८ गतेसम्म आवेदन दिने समय तोकेको थियो । सन् २०२२ मा ईपीएसमार्फत कृषि तथा पशुपालन र उत्पादनतर्फ १५ हजार बढी नेपाली कोरिया पुगिसकेका छन् । गोरखापत्र दैनिकबाट

More News last news
Loading...