हालसम्मका विद्यार्थी र शिक्षकलाई पुर्नमिलन गराउँदै स्याङ्जाको काजिमान हरिटीका
विशेष पदमा पुगेका पूर्व शिक्षक विद्यार्थीलाई सम्मान गरिने
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ मा रहेको काजिमान हरिटीका माध्यामिक विद्यालयले बृहत्त पुर्नमिलन तथा सम्मान कार्यक्रम गर्ने भएको छ।
विद्यालयले विगतदेखि हालसम्म अध्ययन गरेर देशका विभिन्न भागहरुमा रहेका आफ्ना पूर्व विधार्थी र पूर्व शिक्षकहरुलाई भेटघाट गराउने उद्देश्यले क्याम्पस प्रशासन र विद्यालय व्यवस्थापन समितिले यहि माघ २८ गते बृहत्त पुर्नमिलन कार्यक्रमको आयोजना गर्न लागेको हो।
कार्यक्रममा विद्यालयमा अध्ययनरत हालसम्मका पूर्व विद्यार्थीहरु, पूर्व शिक्षकहरु र हालसम्मका व्यवस्थापन समितिका अध्यक्ष एवं सदस्यहरुलाई आमन्त्रण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनुप श्रेष्ठले जानकारी दिए।
यस विद्यायलमा अध्ययन, अध्यापन गरेर देश तथा विदेशमा रहनुभएका विद्यार्थी एवं शिक्षकलाई एक-आपसमा सम्बन्ध सुमधुर एवं परिचयका लागि कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए । कार्यक्रममा विद्यालयमा अध्ययन गरेर देशका विभिन्न तहमा पुगेका विद्यार्थीहरु र शिक्षकहरुलाई सम्मान समेत गरिने छ ।
कार्यक्रममा स्याङ्जा क्षेत्र नं–१ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापा लगायतका अतिथिहरुलाई समेत आमन्त्रण गरिएको छ । थापा पनि यसै विद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।
वि.स. २०२७ सालमा स्थापना भएको विद्यालयले समग्र स्याङ्जा जिल्लामा विभिन्न आरोह पार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु देशका उच्च ओहोदामा पुगेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
