काठमाडौँ । जापनिज अटो निर्माता होन्डाले अर्को वर्ष कम्प्याक्ट सेडान अमेजको नेक्स्ट जेनेरशेन मोडल ल्याउने भएको छ । सन् २०१८ देखी विक्रीमा आएको अमेजलाई कम्पनीले यसअघि २०२१ मा पहिलोपटक सामन्य अपग्रेड गरेको थियो । यो नयाँ मोडल थर्ड जेनेरेशनको हुने कम्पनीको भनाई छ ।
नयाँ अमेजलाई होन्डाले सेडान प्लेटफर्मममा तयार गर्न लागेको हो । यसको लुक्स नयाँ सिटी र एकर्ड सेडानको जस्तै हुने अनुमान लगाइएको छ । यो नयाँ कार होन्डाले विकास गरिरहेको नयाँ मिडसाइज एसयूभीमा आधारित हुने भएपनि लम्वाइ भने ४ मिटर कम नै हुने जनाइएको छ ।
नयाँ अमेजमा फ्रेस इन्टेरियरको साथै एकर्ड र एचआर–भी एसयूभीको जस्तै फ्रि स्ट्यान्डिङ टचस्क्रिन सेटअप जडान हुने अनुमान लगाइएको छ । यसको पावरट्रेन भने पुरानै अमेजबाट लिइने छ ।
हाल कारोवार भइरहेको अमेजमा होन्डाले १.२ लिटर फोर सिलिन्डर नेचुरल्लि एस्पिरिटेड पेट्रोल इन्जिन जडान गरिएको छ । जसको पावर ९० एचपी र टर्क ११० एनएम रहेको छ । यो कार ५ स्पिड म्यानुअल र सिभिटी अटोमेटिक गियरवक्स अप्सनमा उपलब्ध रहँदै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
