धनकुटा महोत्सबमा भागदौड हुँदा भिडमा च्यापिएर ३ दर्जन बढि घाइते

धनकुटा । धनकुटा महोत्सबमा आयोजकले टिकट नकाटी दर्शकहरुलाई कार्यक्रम स्थलभित्र छिर्न नदिदा भएको झडप पछि भागदौडमा दर्जन बढि घाइते भएका छन्। घाइते भएका मध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

अत्याधिक मात्रामा आएका दर्शकालाई टिकट नकाटी भित्र पस्न आयोजकले नदिएपछि गेटमा भिड हुँदा चेपिएर धेरैजसो घाइते भएका हुन्। अहिले सम्म महोत्समबमा भएको घटनामा कर्सैको पनि मृत्यु भएको सुचना नआएको प्रहरीले जनाएको छ। च्यापिएर ३ जना भन्दा बढि गम्भिर घाइते भएको सूचना आएको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालय धनकुटाका निमित्त प्रमुख ममता सुवेदीले घटनाको विस्तृत विबरण आइनसकेको बताइन्। उनले दर्जन बढि घाइते भएको भन्ने सुचना आएको बताइन्। सांगितिक कार्यक्रममम सकिएपछि हाउजी खेलमा भने निशुल्क रुपमा प्रवेश पाउने आशमा कार्यक्रम स्थालको गेटमा सर्वसाधारण बसेका कारण भिड भएको हो।

भिड बढि भएपछि पनि महोत्सब आयोजकले कार्यक्रम स्थलमा पस्ने गेट नखोलेपछि झडप भएको र झडपपछि भाग दौड मच्चिएको प्रत्यक्ष दर्शीले बताएका छन्। धनकुटा महोत्सबको आजको कार्यक्रममा गायक प्रमोद खरेल आउने कार्यक्रम थियो।

More News last news
Loading...