काठमाडौँ l एसआई–यूकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्ने भएको छ। मेला फेब्रुअरी ४ मा राजधानीको होटल र्याडिसनमा र फेब्रुअरी ५ गते पोखराको सिटी स्क्वायरमा हुने आयोजकले जनाएको छ। मेलामा युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ बर्मिङ्घम र ट्रिनिटी कलेज डब्लिनलगायत बेलायत र आयरल्याण्डका ३० भन्दा बढि ठूला विश्वविद्यालय तथा कलेजको सहभागिता रहने एसआई–युके नेपालका कन्ट्रि डाइरेक्टर विनय अधिकारीले जानकारी दिए।
एसआई–युकेले यो कार्यक्रम नेपालमा हालसम्मकै सबैभन्दा ठूलो युके एजुकेशन फेयर भएको बताउँदै बेलायत र आयरल्याण्डमा उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीले डिग्री लिँदा र पछि विभिन्न अवसरका बारेमा जानकारी लिने मौका पाउने दाबी गरेको छ।
एसआई–युके अक्सफोर्ड युनिभर्सिटी, क्याम्ब्रिज युनिभर्सिटी, लन्डन इम्पेरियल युनिभर्सिटी, युनिभर्सिटी कलेज लन्डन, र किंग्स कलेज लन्डन लगायतका लोकप्रिय विश्वविद्यालयहरूमा भर्ना सहज गराउने शीर्ष श्रेणीको एजेन्ट हो। एसआई–युकेले बेलायतमा अध्ययन गर्न आवेदन दिने नेपाली विद्यार्थीहरूलाई निःशुल्क सल्लाह र सहयोग प्रदान गर्दछ। एसआई–युके शिक्षा सल्लाहकारहरू विश्वसनीय विश्वविद्यालय साझेदारहरू र ब्रिटिश काउन्सिलद्वारा पूर्ण रूपमा अनुभवी र प्रशिक्षित छन्।
एसआई–युके नेपालले सबै इच्छुक विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूलाई काठमाडौं र पोखरामा हुने सबैभन्दा ठूलो यूके शिक्षा मेला २०२३ मा सहभागी हुन बेलायत र आयरल्यान्डका शीर्ष विश्वविद्यालयहरूका प्रत्यक्ष प्रतिनिधिहरूलाई भेटी विदेश अध्ययन सम्बन्धि जानकारी लिन अनुरोध पनि गरेको छ। एसआई–युकेले यो अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता हो जसले विद्यार्थीहरूलाई युकेमा उच्च शिक्षा हासिल गर्न सहि परामर्श र भर्ना प्रक्रियामा सहयोग गर्दै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
