सशस्त्र प्रहरीका ९७ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका ९७ जना प्रहरी उपरीक्षक(एसपी) को सरुवा भएको छ। केन्द्रिय कार्यालयले बिहीबार राति निकालिएको सूचीअनुसार पहिलो पटक पूर्णपूर्वानुमान सूचीमा आधारित सरुवा गरेको हो।

सशस्त्र प्रहरी बल नेपालका ९७ प्रहरी उपरीक्षकको सरुवा भएको छ। बिहीबार राति निकालिएको सूचीअनुसार संगठनमै पहिलो पटक पूर्ण पूर्वानुमान सूचीमा आधारित सरुवा गरिएको प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताएका छन्।

Advertisement

एक पटक पनि कमाण्डको जिम्मेवारी नपाएका एसपीले कमाण्डको जिम्मेवारीमा प्राथमिकता पाएका छन् । रिजर्भ गण र तालिम शिक्षालयहरुमा कमाण्ड गरिसकेका सशस्त्र प्रहरी उपरीक्षकहरु दोस्रो प्राथमिकतामा र विगतमा मुख्य गणमा कमाण्ड गरिसकेका एसपीलाई तेस्रो प्राथमिकतामा राखिएको मुख्यालय सचिवालयले जनाएको छ।

एक पटक मात्रै कमाण्ड गरी हाल कमाण्डमै रहेका एसपी आफ्नो कमाण्ड अवधि पूरा नभएसम्म कमाण्डमा निरन्तर रहनेछन्। यस्तै संगठनका विभिन्न अन्य महत्वपूर्ण जिम्मेवारीमा रहेका तथा विदेशमा रहेकाहरुलाई आगामी सरुवामा प्राथमिकता दिइने छ।

हेर्नुस् सूची : 

More News last news
Loading...